‘डान्स’ नै मेरो जीवन हो : रोजी कुँवर {भिडियो अन्तर्वार्तासहित}



रोजी कुँवरलाई नाच्न स्टेज चढेपछि संसार जिते जस्तो लाग्छ। अन्य कारणभन्दाी आफ्नो नृत्य र अभिनयप्रतिको रुचीले गर्दा यो क्षेत्रमा आएको उनी बताउँछिन् ।

अछाम जिल्लाको साफेबगरमा जन्मे हुकेँकी रोजी सानैदेखि गीत बज्यो कि नाचिहाल्थिन् । नृत्यमा यति धेरै रुची देखेपछि परिवारले पनि उनलाई ‘डान्सर’ बनाउने सपना देखेँ र एसएलसी पछि उनलाई काठमाडौं पठाए । उनी भन्छिन्, ‘बाबाले नै मेरो सपना पुरा गर्न काठमाडौं पठाउनुभयो। अहिले म त्यो सपना पुरा गर्न दिन रात लागेकी  छु।’                                                                          ….
बाल्यकालदेखि नै नृत्यमा रुची भएकी रोजीले स्कुलमा पनि नाजेर सबैको प्रशंसा पाउँथिन् । स्कूलका कार्यक्रममा बाबा आमा पनि उनको नृत्य हेर्न पुग्थे । ‘मैले नाचेको देखेर बुबा ममी रुनुहुन्थ्यो। तिम्लाई डान्सर मोडल बनाउँछु भन्नुहुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘त्यसैले मलाई झन धेरै रुची जाग्दै आयो ।’

….
व्यवसायीक नृत्य र मोडलिङमा भर्खरै प्रवेश गरेकी रोजीले सुरुमा चालेका पाइलाले नै धेरै उत्साही बनाएको बताउँछिन् । एकदर्जन म्युजिक भिडियोमा अभिनय गरेकी उनलाई स्टेज डान्स स्टार भन्छन् सूदुरपश्चिममा । अझ सूदुरपश्चिमको देउडा नाचमा रोजीलाई प्रशंसा गर्ने धेरै छन् । उनले म्युजिक भिडियोको डेभ्यु पनि डेउडाबाटै गरेकी हुन् । स्टेड डान्समा देशभर घुमिरहेकी रोजीले मलेसिया र दुबईमा गएर त्यहाँ बस्ने नेपालीहरुबीच आफ्नो कला पस्किएकी छन् ।

बिबिएस तेस्रो वर्षमा अध्ययनरत रोजीलाई फुर्सद छैन । कार्यक्रम र महोत्सवमा उनको उपस्थिति बाक्लिँदो छ भने भिडियोका लागि नयाँ नयाँ अफरहरु आइरहेकै हुन्छन्। सूदुरपश्चिमका महोत्सवहरुमा त उनलाई आयोजकले उनलाई छुटाउँदैनन्। किनभने उनी त्यहाँको स्टेडमा पुगेपछि रौनक छुट्टै हुन्छ ।
….
गायिका रुपा जिएम मगरको ‘शिवजी…’ बोलको गीतबाट म्युजिक भिडियोमा डेभ्यु गरेकी उनले नरेन्द्र रावलको ‘सुदूरपश्चिम मेरा ढकमक्कै फूली…’, ‘गौड्याँ भेट…’, ‘हेराहेर गर्दा लजाउँला…’ पूर्वैको धरान बजार…’ लगायत एक दर्जन भिडियोमा अभिनय गरेकी छन् ।

रोजीले भनिन्, ‘डान्स त मेरो लागि खाना पछिको अर्को आहरा हो ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News