एनटिसीको मोबाइलमा ब्यालेन्स सकियो ? अब चिन्ता लिनु पर्देन


 


अब नेपाल टेलिकमले आफ्नो सेवामा पनि ५ देखि १० रुपैयाँ सापट लिने सेवा ल्याउने भएको छ ।

फोन गर्दागर्दै ब्यालेन्स सकिएपछि अर्को रिचार्ज नगर्दासम्म महत्वपूर्ण संवादसमेत छुट्ने र अप्ठ्यारोमा समेत फोन गर्न नसकेको व्यापक गुनासोपछि टेलिकमले यो सुविधा दिन लागेको हो ।

यस अघि यस्तो सेवा एनसेलमात्र थियो । सापट लिन पाइने सेवा ल्याउने यस्तो घोषणा पोखरा उपमहागरपालिकास्थित छिनेडाँडामा नेपाल टेलिकमको एसएमजी एक्सचेन्जको सेवा उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गरेकी हुन् ।

यसरी पैसा सापट लिन सक्दा अप्ठ्यारोमा काम लाग्ने उनले बताइन् । सापट लिंदा निश्चित विधि अपनाएपछि पछि ब्यालेन्स गरेपछि सापट लिएको पैसा अटोमेटिक रुपमा काटिन्छ ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्