सन्दीपको भिसाका लागि पहल भइरहेको छ : मन्त्री श्रेष्ठ


 


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसाका लागि पहल भइरहको बताएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिसा अस्वीकार गरेको विषयमा बोल्दै मन्त्री श्रेष्ठले त्यसका लागि आवश्यक पहल सुरु गरेको बताएका हुन् । मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल भइरहेको बताए ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।

टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका सन्दीपलाई बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्