धेरै कमाउनेमा दंगलको किर्तिमान, यी तीन चलचित्रलाई उछिन्यो


 


एजेन्सी, पुस २५
आमिर खानको चलचित्र ‘दंगल’ले आम्दानीको हिसाबले बलिउडका अन्य सबै चलचित्रलाई उछिनेको छ ।

धेरै जसो चलचित्र विश्लेषकहरुले सो चलचित्रले विश्वभरिमा नै गर्ने आम्दानी ६ सय ७० करोडको हाराहरीमा पुग्ने अनुमान गरेका छन् ।

प्रसिद्ध विशलेषक ट्रेन एनलिष्ट तरण आदर्शका अनुसार बितेको तीन सातामा ‘दंगल’ले भारतीय बजारमा ३ सय ४५ करोडको आम्दानी गरेर सबै भन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ ।

यस अघि आम्दानीको हिसाबले पहिलो स्थानमा आमिरकै चलचित्र ‘पीके’ थियो । जसले भारतीय बजारमा पहिलो तीन हप्तामा ३ सय ४० करोडको आम्दानी गरेको थियो ।

तर अन्तराष्ट्रिय बजारमा भइरहेको आम्दानीको समेत तुलना गर्ने हो भने ‘दंगल’ अझै ‘पीके’ भन्दा पछि छ । पीकेले सबै जोडेर पहिलो तीन हप्तामा ७ सय ४० करोडको आम्दानी गरेको थियो ।

सबै आम्दानीको तुलना गर्ने हो भने दंगल अझै ७० करोडले पछि छ । तर, जुन गतिले चलचित्रले आम्दानी गरिरहेको छ त्यहि गतिमा आम्दानी भइरहेमा आगामी एक हप्तामा दंगल धेरै नै अगाडी जाने विश्लेषकहरुको अनुमान छ ।

आमिरको दंगल र पीके पछि भारतीय बजारमा आम्दानी गर्ने तेस्रो चलचित्र सलमान खानको ‘बजरङ्गी भाइजान’ हो । जसले रिलीज भएको सोही अवधिमा ३ सय २० करोडको आम्दनी गरेको थियो ।

त्यसैगरि चौथो पनि सलमान कै ‘सुल्तान’ बनेको छ । जसले सोही अवधिमा ३ सय करोडको आम्दनी गरेको थियो ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्