विश्वकपमा सहभागी नहुँदैमा न सन्दीपको करिअर सकिन्छ, न नेपाली क्रिकेट : चतुरबहादुर


 


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछाने विश्वकपमा सहभागी हुन नपाउँदैमा करिअर नसकिने बताएका बताएका छन् ।

दोस्रोपटक अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि बिहीबार राति सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् ।

उनले आफूहरूले निकै प्रयास गर्दा पनि लामिछानेले भिसा पाउन नसकेको स्पष्ट पारे । सन्दीप विश्वकपमा सहभागी नहुँदैमा नेपाली क्रिकेट पनि नसकिने उनको भनाइ छ ।

‘सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुस्खी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्