वागमती नदी सरफाइका नाममा २१ अर्ब स्वाहा, खर्चको छैन कुनै हिसाब !


 


काठमाडौं । वागमती नदीको वातावरण सुधार गर्ने तथा सरसफाई गर्ने नाममा हालसम्म २१ अर्ब २० करोड २५ लाख रुपियाँ सकिएको छ। तर, वागमतीको सरसफार्ईमा उल्लेख्य प्रगति भएको देखिँदैन।

महालेखापरीक्षक कार्यालयले तोकिएको समयमा आयोजना नसकिएको भन्दै त्यसरी अनियन्त्रित रूपमा भएको खर्चमाथि प्रश्न उठाएको छ ।

२१ अर्बभन्दा बढी रकम सकिँदासमेत वागमती नदीको रूपरंग भने उस्तै छ, सरसफाईको कुनै झल्कोसमेत देखिँदैन भने नदी किनाराको सौन्दर्यकरण पनि अघि बढेको छैन ।

सरकारले झण्डै १४ वर्षअघि पशुपति क्षेत्रलगायत वागमती नदीको वातावरण सुधार गर्ने उद्देश्यले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गठन गरी सोहीमार्फत् वागमतीको सरसफाई गर्दै आइरहेको थियो ।

२०६७ साल साउन २७ गतेको मन्त्रिपरिषद् बैठकले सो समितिमार्फत् सञ्चालन हुने एकीकृत कार्यक्रमको पाँच वर्षे योजना बनाउँदै त्यसका लागि २१ अर्ब १ करोड ४ लाख रकम विनियोजन गरेको थियो।

सो आयोजना आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको शुरूमा ५ वर्षे कार्ययोजना बनाएर सञ्चालन गरिएको थियो । सो पाँच वर्षे योजना सम्पन्न भएलगत्तै कार्यक्रमको समयावधि २०८३ असार मसान्तसम्म थप गरिएको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्