ब्राउन सुगर सहित २ जना पक्राउ



कपिलवस्तु, पुस २८
कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका– १५ का मक्सुदन अली र प्युठान बाड्डेसालका रबिन नेपाली रहेका छन्। उनीहरुको साथबाट ६ पुरिया ब्राउन सुगर पक्राउ गरिएको र दुवै जनालाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा राखिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी नायव निरीक्षक हरिसिंह धामीले बताए।

पक्राउ परेका दुबै जनामाथि लागु औषध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News