छक्का पञ्जा अब युट्युबमा हेर्नुहोस् (FULL MOVIE)


 


काठमाडौं, पुस २९

यस वर्षको ब्लकवस्टर फिल्म ‘छक्का पञ्जा’ भिडियो स्ट्रिममिंङ् साइट युट्युबमा सार्बजनिक भएको छ । केहि दिन अघि छक्का पञ्जा पाइरेसी भएको र फिल्म फेसबुकबाट बाहिरिएको थियो ।

फेसबुकमा स्टाटस लेख्दै फिल्मका निर्माता एवम् कलाकार दीपक राज गिरीले फिल्म चोरी भएको पुष्टि गरेका थिए । साथै उनले शुक्रबारबाट अधिकारिक वितरक च्यानल हाइलाइट्स नेपालको युट्युबबाट फिल्म सार्बजनिक गर्ने बताएका थिए ।

सार्बजनिक भएको ६ घण्टा भित्रमा २ लाख ७ हजार पटक फिल्म हेरी सकिएको छ । हाल दीपक र फिल्मकी निर्देशक दीपाश्री निरौला फिल्मको डायस्पोरा प्रदर्शनका लागि युरोपमा छन्।

बिदेशीनु पर्ने युवा जमातको कथा र बिदेश गएकाहरुको घरपरिवारमा हुने विभिन्न प्रकारका क्रियाकलापहरुलाई पर्दामा प्रस्तुत गर्ने ‘छक्का पञ्जा’फिल्मलाई हाँस्यकलाकार दीपाश्री निरौलाले डेब्यु निर्देशन गरेकी हुन् । फिल्ममा दीपक राज गीरी, केदार घिमिरे, प्रियंका कार्की, जीतु नेपाल, शिबहरी पौडेल, नमैता सापकोटा,बुद्धी तामाङ लगाएतले लीड रोलमा अभिनय गरेका छन् ।

फिल्मलाई कलाकार दीपक राज गीरी, निर्मल शर्मा, केदार घिमिरे, सिताराम कट्टेल लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति: २९ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्