जाल्पा माविकाे हिरक महाेत्सव सम्पन्न (फाेटाे फिचर)


 


सुदीप अधिकारी
चौकीडाँडा, (भोजपुर) पुस २९
यहाँको जाल्पा उच्च माबीले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा भब्य रुपमा हिरक जयन्ती मनाएको छ। हिरक जयन्ती मुल समारोहको उद्घाटन पूर्व संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री तथा भाेजपुर क्षेत्र नं १ का सांसद कृपासुर शेर्पाले गरेका थिए।

तीन दिन लगाएर सम्पन्न गरिएको महोत्सबको मूल कार्यक्रम पौष २६ गते थियो। समारोहलाई सम्बोधन गर्दे पूर्व मंत्री शेर्पाले आफू राजनीतिक भन्दा यस्ता शैक्षिक, सामाजिक समारोहमा सहभागी हुन पाउँदा बढी आनन्दित हुने गरेको बताए।

समारोहमा प्रस्तुत विविध झाँकीको उदाहरण दिँदै नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र सबै नेपालीले आफ्नो संस्कार संस्कृती जोगाउदै अरु समुदायको संस्कार र संस्कृतिलाई पनि उत्तिकै सम्मान दिन आवश्यक रहेको बताए।

विकास निर्माणलाई मुल मन्त्र बनाएर हिड्नु आफ्नो मुख्य प्राथमिकता रहेको उनको कथन थियो । यसैबिच उनले जाल्पा माबिमा पहिलेनै स्थापना गरेको १ लाखको अक्षय कोषको रकम वृद्धि गरि २ लाख पुर्याएको घोषणा गरेका छन्।

समारोहमा पूर्व सभासद सुदन किराँती, विभिन्न बुद्धिजीवी तथा समाजसेवीले पनि आ-आफ्ना बिचार राखेका थिए।

समारोह अवधिभर विभिन्न प्रतियोगिता आयोजना गरिएका थिए। ती प्रतियोगितामा उत्तरी भोजपुरका विभिन्न बिध्यालयहरुको उत्साहजनक सहभागिता देखिन्थ्यो।

अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी ठोट्नेरी मावि कुलुङ्ले हात पारेको थियो भने अन्तर मावि लोकनृत्य प्रतियोगिताको उपाधी सन्त मावि नेपालेडाँडाले आफ्नो पोल्टामा पारेको थियो।

अन्तर प्राथमिक विध्यालय स्तरिय हाजिरी जवाफको बिजयी पुरस्कार भने जयकला प्रावि गोपिनीचौरले थापेको थियो।

गायक राजेश पायल राई समारोहमा गाउन काठमाडौबाट आउने भन्ने थाहा पाएपछी जनताको भेलनै उर्लिएको थियो। उनले स्टेज पुरै तताए र खासगरी युवायुवतीलाई जुरुक जुरुक उचाले।

मिठा, जोशिला अनि सुमधुर गितले चौकीडाँडा र छिमेकबासीलाई मन्त्रमुग्ध पारेर ‘दर्शन नमस्ते…’ बोलको प्रसिद्ध गितका यी गायक २ घण्टाको बसाईपछि हेलिकोप्टरमा काठमाडौतिरै हान्निए।

समारोहका सांगितिक लगायत मुल समारोहलाई संखुवासभा खाँदबारीको सुनाखरी एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो भने त्यही एफएमका स्टेसन म्यानेजर वीरबहादुर लिम्बुको प्रस्तुती र गायकीलाई दर्शक, श्रोताले अत्यधिक मन पराएका थिए।

समारोह विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिवबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्