अब चिसो कम हुँदै जाने : मौसमविद


 


काठमाडौं, माघ ७
माघ महिना सुरु भएसँगै बढेको चिसो कम हुन थालेको छ । अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष माघको सुरुमै चिसो कम हुन थालेको हो।

अब पहिलेको जसरी चिसो नहुने मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार ठूलो पानी पार्ने प्रणाली नेपाल प्रवेश गरेमा मात्रै केही दिन चिसो हुन सक्छ । तर तत्काल ठूलो पानी पर्ने सम्भावना पनि नरहेको उनको भनाई छ ।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबारको अधिकतम तापक्रम पनि त्यसैको हाराहारीमा रहने र न्यूनतम तापक्रम २ डिग्री सेल्सियम मापन गरिएको छ ।

काठमाडौंसहित अरु धेरै ठाउँको तापक्रम पनि विस्तारै बढ्दै गएको र अब चिसो पनि कम हुँदै जाने मौसमविदहरुको भनाई छ ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्