कहिले आउँछ यम बुद्धको शव नेपाल ?


 


काठमाडाैं, माघ ७

एक हप्ताअघि आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरिएको छ।

बिहीबार परिवारले पोष्टमार्टम रिपोर्ट  प्राप्त गरेपछि यम बुद्धकाे शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरू भएकाे हाे । यम बुद्ध गत शनिबार लन्डनस्थित अाफ्नै निवासमा झुण्डिएकाे अवस्थामा मृत भेटिएका थिए ।

लन्डनस्थित नेपाली दूतावासले शव नेपाल लैजान आवश्यक अनुमपतिपत्र (रिप्याट्रियसन लेटर) उनको परिवारलाई दिएको छ । यम बुद्धकाे शव नेपाल लैजान आवश्यक कागज बनाउन उनकी पत्नी अस्मिता अधिकारी विहीवार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन्।

दूतावासले बुद्धको शव उनकी श्रीमतीसँगै लिएर जान मिल्ने गरी डकुमेन्ट तयार गरिदिएको जनाएको छ। परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने थप कानुनी प्रक्रिया सकिएपछि मात्र नेपाल शव पठाउने तयारी परिवारजनको छ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्