मन्त्री परिषदको बैठक बस्दै


 


काठमाण्डौ,माघ १४
मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ । प्रत्येक साताको बिहिबार बस्दै आएको मन्त्रीपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो ।

सिंहदरबारस्थित परिषद कार्यलयमा बिहान साढे १० बजेपछि बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीका साथै राष्ट्रिय प्राथमिकता प्राप्त ठूला आयोजनाहरु निर्माणमा भइरहेको प्रगतिको समिक्षा हुने जनाइएको छ ।

बैठकमा स्थानीय तह पुनरसंचना सम्बन्धी प्रतिवेदनमा पनि छलफल हुने संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो । स्थानीय तह पुनरसंरचना सम्बन्धी प्रतिवेदन कार्यन्वयनका लागि थप छलफल गर्न मन्त्रालयले हिजै मन्त्रीपरिषदमा पठाइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्न माग गरिरहेको भएपनि आजको मन्त्रीपरिषद बैठकमा उक्त विषयमा छलफल नहुने मन्त्री पाण्डेले बताए ।

निर्वाचन सम्बन्धी दुई ओटा विधेयक संसदबाट पारित भइसकेको र बाँकी विधेयक पनि पारित हुने क्रममा रहेकाले निर्वाचन सम्बन्धी विधेयकहरु पारित भइसकेपछि मात्र स्थानीय निकाय निर्वाचनको मिति घोषणाबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्