व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै


 


काठमाण्डौ,माघ १४
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा निर्वाचन कसुर एवम् सजाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

त्यसअघि बिहान ११ बजेपछि बस्ने राज्य व्यवस्था परामर्श समितिको बैठकले विधेयकलाई अन्तिम रुप दिने छ । विधेयकमाथिको दफाबार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई एकिकृत गर्दै तयार प्रतिवेदनलाई अन्तिम रुप दिने बैठकको तयारी छ ।

समितिले तयार पारेको विधेयक प्रतिवेदनलाई आजको संसद बैठकमा पेश गर्ने तयारी भएको कांग्रेस सांसद समेत रहनु भएका समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्