तामाङ समुदाय सोनाम ल्होसार मनाउँदै



काठमाडौँ, माघ १५

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।

“यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिन्छ, आज दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ”– उहाँले भन्नुभयो ।

यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News