प्यूठानको माण्डवीमा फेला पर्‍यो मानव कंकाल



प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका-२ मा मानव कंकाल फेला परेको छ ।

माण्डवी गाउँपालिका-२ अधेरीस्थित दल बहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको हो।

कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा घरको दोस्रो तलामा ढोकाले माथिबाट च्यापिएको अवस्थामा कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका थिए ।

भुइँतलामा हिलो भएपछि दोस्रो तलामा ओत लाग्न गएका उनीहरुले मानव कंकाल फेला पारेका थिए । उक्त घर विगत ७ वर्षदेखि खाली छ ।

प्रकाशित मिति: १७ भदौ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्