मधुमेहका राेगीले के खाने के नखाने ?


 


मधुमेहका रोगीले कुन खाना कति र कहिले खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण राख्न सकिन्छ भन्नेबारे आफ्नो शरीरको गुण र आवश्यकताअनुरूप खाद्य विशेषज्ञ चिकित्सकको सल्लाहबमोजिम खानाको तालिका बनाई सोहीअनुरूप कार्य गर्नुपर्छ । त्यसका लागि निम्न कुरामा विशेष ध्यान दिनुपर्छ ।

चिनीको मात्रा बढी भएका वेला चिनी, चकलेट, गुलियो बिस्कुट, केक, आइसक्रिम, चिसो पेय पदार्थ, जथाभावी बनाएको अचार, अन्डा, तारेको र भुटेको खाना, चुरोट, रक्सी बियर आदि खानुहुन्न ।

चिनीको मात्रा कम भएको वेला मैदाबाट बनेका परिकार, चिया, कफी, चामलको भात, आलु, सकरखण्ड, धेरै गुलिया फलफूल, माछा, मासु, अन्डा, गेडागुडी आदि खान मिल्छ ।

चिनीको मात्रा बढी भए पनि हरियो सागपात, रायो, पालुङ, मेथी, मुला, काउली, बन्दा, लौका, घिरौँला, रामतोरिया, करेला, चिचिन्डो, गेडागुडी, भन्टा, काँक्रो, कागती आदि ।

त्यसैगरी मकैको च्याख्ला, चोकरसहितको गहुँको पिठोको रोटी पनि खान हुन्छ । मधुमेहका रोगीहरूले नियमित हल्का व्यायाम गर्नु राम्रो हुन्छ । जस्तै : हिँडडुल गर्नु, साइकल चलाउनु, पौडी खेल्नु, एरोबिक व्यायाम गर्नु राम्रो हुन्छ ।

कडा व्यायाम गर्नाले रगतमा चिनीको मात्रा तुरुन्त घट्न सक्ने हुँदा आफूले खाने गरेको खाना, सेवन गरिराखेको औषधिको मात्रा तथा आफ्नो शारीरिक अवस्था हेरेर मात्र व्यायाम गर्नुपर्छ ।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्