काठमाडाैंकाे कुलेश्वरमा भिषण अागलागी, २० पसलमा क्षति
काठमाडाैं, माघ १६
काठमाडाैंकाे कुलेश्वरमा भिषण आगलागी भएकाे छ । कुलेश्वर चोकको नबिल बैंक अगाडि क्याम्पस राेडकाे एक होटलबाट आगलागी सुरु भएको हाे ।
प्रहरीका अनुसार करिब एक घन्टाअघि सुरु भएकाे अागाे अझै नियन्त्रणमा अाउन सकेकाे छैन। प्रारम्भिक रिपोर्टअनुसार आगो छिमेकी घरमा फैलिने खतरा देखिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल कुलेश्वरमा परिचालन गरिएको छ।
राति करिब पौने ९ बजेदेखि आगलागी सुरु भएको बताइएको छ। ६ दमकल र १० वटा ट्यांकरले आगो निभाउने प्रयास गरिरहेका छन्। अागाेले करिब १२ घरमा क्षति पुगेकाे छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आगो निभाउन नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको टोली खटिएको छ।