प्रधानमन्त्रीले कांग्रेस र मोर्चासँग निर्वाचनबारे परामर्श गर्दै



काठमाडौं, माघ १७

प्रमुख सत्तासझेदार दल कांग्रेस माओवादी र मधेशी मोर्चाको संयुक्त बैठक आज बस्दैछ । संसदमा पेश भएको संविधान संशोधन प्रक्रिया तथा स्थानीय निकाय निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचन लगायत विषयमा कांग्रेस तथा मोर्चाका नेताहरुसँग परामर्श गर्नुहुने दाहालको निजी सचिवालयले जनाएको छ ।

संविधान संशोधन प्रस्ताव पारित नभइ सरकार निर्वाचन मिति घोषणा गर्ने तयारीमा जुटेको भन्दै मोर्चाले असन्तुष्टी जनाएपछि प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाएको मोर्चा आवद्ध दल राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

संसदमा पेश गरेको संशोधन प्रस्ताव पारित भएपछि मात्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने मोर्चाको अडान छ । आजको बैठकमा पनि संशोधनको टुङ्गो नलागेसम्म कुनै निर्वाचनको अर्थ नहुने भन्दै पहिले संशोधन प्रस्ताव पारित गराउन सरकारलाई दवाव दिने मोर्चाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News