लेखा समिति सभापतिमा माओवादी केन्द्रका उपाध्याय निर्वाचित


 


काठमाडौं, माघ १७

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन । झण्डै ७ महिनाअघिदेखि रिक्त रहेको सभापतिका लागि आज भएको मतदानमा एमाले उम्मेद्वार पशुपति चौलागाईँलाई ७ मतले पछि पार्दै उपाध्याय सभापति चुनिएका हुन । ५१ सदस्यीय समितिमा आज ३९ जनाको उपस्थिति रहेको थियो ।

उपाध्यायले २३ र चौलागाईंले १६ मत प्राप्त गरे ।राप्रपाका सांसद दिनेश श्रेष्ठ र भास्कर भद्राले भने कंग्रेस–माओवादी केन्द्र गठबन्धनबिरुद्ध मतदान गरेका थिए  ।  सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै सभापति उपाध्यायले कुनै दल विशेषको उम्मेद्वार बनेपनि समितिमा काम गर्दा दलीय छाँया पर्न नदिने प्रतिबद्धता जनाए । समिति सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जा मन्त्री नियुक्त भएसँगै सो पद रिक्त थियो ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्