भोजपुरमा प्रभु बैंकको शाखा


 


भोजपुर, माघ २०

भोजपुरमा नीजि बैँक तथा बित्तिय संस्थाहरुको शाखा खुल्नेक्रम बढेको छ । यसै क्रममा बुधबार औपचारिक कार्यक्रमका बीच प्रभु बैँकले भोजपुर शाखाको उद्घाटन उद्घाटन गरेको छ ।

विगत एक बर्ष अघिवाट बैंकले सेवा प्रदान गर्दै आएपनि औपचारिक उद्घाटन भने बुधवार गरेको हो । देशभर एक सय ४० ओटा शाखा विस्तार गरेको प्रभु वैंकले भोजपुर जिल्लामा समेत शाखा विस्तार गरेको हो ।

जिल्लामा सरकारी स्वामित्वमा रहेका वैंकहरु संगै अन्य नीजि वैंक गरी १० वटा वैंकको शाखाहरु विस्तार भइसकेका छन्  । पछिल्लो समय जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा सडक विस्तार संगै उद्योग व्यवसाय सञ्चालनमा समेत स्थानीयको आकर्षण बढ्दै गएकोले वैंकिङ कारोवारमा समेत वृद्धी भएको छ ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्