आज के भयो सुनचाँदीको मूल्य ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।
सो अनुसार आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर पाँच हजार २३० मा कारोबार भएको छ।

अघिल्लो दिन पाँच हजार २८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्