आजदेखि टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा दिने


 


काठमाडौं, माघ २२

नेपाल टेलिकमले आजदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा दिने भएको छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर-जी सेवा दिन लागेको हो ।

फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई स्तारोन्नति गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ ।

करीब ३९ करोड रुपैयाँ खर्चिएर फोर-जी सेवा सुरु गरेको टेलिकमको भनाइ छ । गत पुस १७ देखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर-जी सेवा दिइरहेको छ ।

प्रकाशित मिति: २२ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्