यसरी गरे मोदी र केजरीवालले सामुहिक योगाभ्यास


 


काठमाडौं, असार ६

पहिलो अन्तराष्ट्रिय योग दिवNarendra-Modi-Yogaसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै हजारौं मानिसले भारतको नयाँ दिल्लीमा योगाभ्यास गरेका छन् । यो सामुहिक योगलाई गिनिज बुकमा लेखाउने मोदीको धोको छ ।

नयाँदिल्लीको राजपथमा आइतबार आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भए । जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथै योगगुरु रामदेव, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसमेत सहभागी भएका छन् ।

कार्यक्रममा मोदीले पनि योग गरे । उनले भने-‘योग कहाँ सुरु भयो, कहाँसम्म पुग्यो, यो कुराले मेरा लागि धेरै महत्व राख्दैन । यो यस्तो विद्या हो, जसमा विश्वका सबै मानिसले योगदान दिएका छन् ।’

नयाँ रेकर्डको दाबी

प्रशासनले कार्यक्रममा एकसाथ ३५ हजार मानिसले योग गरेको नयाँ रेकर्ड बनेको दाबी गरेका छन् । सरकारी कर्मचरी, सैनिकका साथै विद्यार्थीहरु सहभागी भएर योग गरेका छन् । कार्यक्रममा मुस्लिम समुदायका मानिसहरु समेत देखिएका थिए ।

कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । पुलिसका साथै अर्ध सैनिक बलका केही हजार जवान तैनाथ गरिएको थियो ।

भारतको प्रस्तावअनुसार संयुक्त राष्ट्रसंघले २१ जुनलाई अन्तराष्ट्रिय योग दिवस घोषणा गरेको छ, जसलाई विश्वका धेरै देशले समर्थन गरेका छन् ।

मुस्लिमको विरोध

सदभाव र शान्तिप्रति प्रेरित गर्नका लागि आयोजित यो कार्यक्रमको केही मुस्लिम संगठनले भने विरोध गरेका छन् । उनीहरुको दाबी छ कि योग हिन्दु धार्मिक क्रिया हो र इस्लामविरुद्ध छ ।

केही मानिसले भने नरेन्द्र मोदी सरकार आफ्नो हिन्दुत्वको एजेण्डा अस्पसंख्यकमाथि थोपर्न खोजेको आरोप लगाएका छन् । तर, सरकारले भने कार्यक्रममा सहभागिता अनिवार्य नगरिएको बताएको छ ।
बीबीसी

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्