प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् ।
प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार