राष्ट्रपति पौडेलसमक्ष चार देशका लागि नियुक्त राजदूतले लिए शपथ
काठमाडौं । विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासका आयोजित एक कार्यक्रमबीच नवनियुक्त राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन्।
राष्ट्रपति पौडेलले नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराए ।
अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राजदूतका रूपमा शपथ लिएका छन्।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार
















