अज्ञात समुहद्धारा सिरहामा वाइसीएलका इन्चार्जमाथि गोली प्रहार



सिरहा, फागुन १

सिरहाको मुर्तैयामा अज्ञात समुहको गोली लागेर एक जना माओवादी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान छन् ।

खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो । खानको टाउकोमा केही छर्रा लागेको सिरहाका प्रहरी प्रमुख एस पी शेखर कोइरालाले जानकारी दिए । घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ । गोली हान्ने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News