प्राधिकरण निर्देशक समितिको बैठक बस्दै



काठमाडौ , फागुन २

भूकम्पपछिको पुनरनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको वैठक आज बस्दैछ । प्राधिकरणको सिइओमा गोविन्द पोखरेल नियुक्रि भएपछि पहिलोपटक समितिको बैठक बस्न लागेको हो ।  प्रधानमन्त्री कार्यलयमा बिहान १० बजेपछि बस्ने बैठकमा पुनर्निर्माणमा देखिएका नीतिगत समस्या, जनशक्ति व्यवस्थापन लगायत बिषयमा छलफल हुने प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

बैठकमा भुकम्प प्रभावित जिल्लामा भइरहेको पुनर्निर्माणको पछिल्लो अवस्था, अनुदान बितरणको प्रक्रिया, जनशक्ति व्यस्थापन, जोखिमयुक्त बस्ती स्थानान्तरणमा भइरहेको प्रयास लगायतका बिषयमा पनि छलफल हुने प्राधिकरणले जनाएको छ । यस्तै एकीकृत बस्ती निर्माणमा देखिएका नीतिगत समस्या सम्वोधनका साथै ऐतिहासिक धरोहर तथा सम्पदा निर्माणका लागी भइरहेका प्रयासवारे समेत समिक्षा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News