प्रहरीद्धारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक



डडेल्धुरा,  फागुन २

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से १ प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा संलग्न रौलेश्वर गाविस–१, बैतडीका मुकेशप्रसाद भट्ट, अमरगढी–५ का यज्ञराज पाठक र भारत भुरेखाम घर भई हाल अमरगढी नगरपालिकाको स्याउले बस्दै आएका मुन्ना खानलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका तीनैजनालाई भिन्न–भिन्न ठाउँबाट समातेको र चोरी भएको मोटरसाइकल कैलालीको घोडाघोडी नगरपालिका–४ करैचामा अर्कै व्यक्तिको घरमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए  । चोरी कार्यमा समातिएका तीनैजनाको अन्य आपराधिक गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उपरीक्षक शाहीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News