एमाले देश बनाउन जन्मेको पार्टी हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले देश बनाउन बनेको पार्टी भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

देशमा सकारात्मक परिवर्तन ल्याउन एमाले पार्टी बनेको उनले बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्भिएको पार्टी हो। यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो। देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्‍याउन यो पार्टी बनेको हो।’

उनले नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको पनि बताए। कार्यकर्ताहरूलाई पनि परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए।

उनले नेपाली जनताले सजिलोसँग बाँच्न पाउनुपर्छ भन्नु नै एमालेको मुख्य एजेन्डा रहेको बताए।

प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्