महिला यू-१९ एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य



काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन्।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति: २ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्