सप्तरीको पोर्ताहामा आगलागी


 


सप्तरी, फागुन ४

सप्तरीको पोर्ताहा–५ मा गएराति भएको आगलागी बाट करिब पन्ध्र लाख बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको थियो ।

पछि आगोले उनको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायत नगद तथा जिन्सी गरी करिब १५ लाख मूल्य बरावरको क्षति भएको बताइएको छ। आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्