दुर्घटनामा तीन जनाको मृत्यु


 


जुम्ला, फागुन ५

जुम्लाको सिंजा वड्की देयारगाउँमा आज विहान मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना। च। ख। ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा तिर्थराम चौधरीको चालक अनुमति पत्र फेला परेपनि मृतकको हुनेको सनाखत हुन सकेको छैन । घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्