राष्ट्रपतिद्वारा तीन जना निर्वाचन आयुक्त नियुक्त



काठमाडौं, फागुन ५

राष्ट्रपति विद्या भण्डारीले तीन जना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । आयुक्त नियुक्तसँगै तीनै जनाले आज पद तथा गोपनियताको सपथसमेत लिएका छन् ।

शितल निवासमा गरिएको कार्यक्रममा नवनियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले सपथ लिएका हुन् । तीन सदस्य थपिएसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ ।

संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News