Deshko News
८ आश्विन २०८०, सोमबार

स्ववियु निर्वाचन पाँच दिन सार्न प्रमुख तीन विद्यार्थी संगठनको प्रस्ताव



काठमाडौं, फागुन ५

प्रमुख तीन विद्यार्थी संगठनले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पाँच दिन सार्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान नेकपा(माओवादी निकट विद्यार्थी संगठनसँगको छलफल पछि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले चुनाव सार्ने प्रस्ताव गरेका हुन्।

यी तीन विद्यार्थी संगठनका प्रमुख नेता बिहीबार दिउँसो चुनाव सार्ने औपचारिक प्रस्ताव लिएर त्रिविको निर्वाचन कमिटीलाई भेट्दैछन्। नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले निर्वाचन सार्ने प्रस्तावबारे केही उल्लेख नगरेपनि त्रिविसँग बिहीबार दिउँसो छलफलको कार्यक्रम रहेको बताए।

बिहीबार बिहान नेविसंघ अध्यक्ष महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेसहितको टोलीले नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनका नेताहरुसँग स्ववियु चुनावबारे छलफल गरेका थिए। उक्त संगठनले स्ववियु चुनावको विरोध गर्दै देशका धेरै क्याम्पसमा तालाबन्दी गरेको छ।

उसले स्ववियु निर्वाचन पाँच दिन सारेमा तालाबन्दी खोल्ने र निर्वाचनमा पनि सहभागी हुने प्रतिवद्धता जनाएकाले त्रिविलाई चुनाव सार्न प्रस्ताव गर्न लागिएको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका एक नेताले जानकारी दिए। विप्लव माओवादी निकट विद्यार्थी संगठनसँगकै सहमति अनुसार प्रमुख विद्यार्थी संगठनले फागुन १४ गते तोकिएको स्ववियु निर्वाचन ५ दिन पछि सार्न त्रिविलाई प्रस्ताव गर्न लागेका हुन्।

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News