अफगानिस्तानको संसद्‍मा तालिवानी आक्रमण


 


काबुल, असार ७ – अफगानिस्तानको राजधानी काबुल स्थित संसद् भवनमा आक्रमण भएको छ । समाचार एजेन्सीहरुले यो आक्रमण तालिवानले गरेको जनाएका छन् ।

तालिवान र सुरक्षाकर्मीबीच लामाे समय गोली हानाहान भएको बताइएको छ । संसद् भवन अगाडि कार बम बिस्फोट गराएर तालीबानहरु संसद् हातामा प्रवेश गरेको बीबीसीले उल्लेख गरेको छ । एपीले अफगानी सुरक्षाफौजलाई उद्धृत गर्दै जनाएअनुसार चार वटा बम विस्फोट गरिएका छन् ।

तालीवानले आत्मघाती बम हमला गरिएको बताएको पनि एपीले जनाएको छ । आक्रमणमा १८ जना घाइते भएकाे त्यहाँका स्वास्थयमन्त्रीले एपीलाई बताएका छन् । आक्रमण भएपछि संसद् भवन र हातालाई खाली गरिएको बताइएको छ । हमला हुँदा संसद् भवनमा नयाँ रक्षाामन्त्री नियुक्त गर्ने बारे छलफल चलिरहेकाे र सांसद्हरु भवनमै भएकाे बताइएकाे छ

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्