दुर्घटनामा एक जनाको मृत्यु


 


कपिलवस्तु, फाल्गुन ६
कपिलवस्तुमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाईते भएका छन् । शिवराज नगरपालिका ३ मा अत्याधिक गतिका कारण लु २१ प ९३५८ नम्बरको मोटरसाईकल पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाईकलमा पछाडि सवार १९ वर्षिय महेश सुनारको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । स्थानिय अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनामा गम्भीर घाईते भएका चालकको लम्बिनि अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्