दुर्घट्नामा एक जनाको मृत्यु



नवलपरासी, फागुन १०
नवलपरासीको गैडाकोट–१० पितौजीमा सोमबार राति मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सन्ध्या महतो छिन् । उनको ठेगाना खुल्न सकेको छैन ।
महतोको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते हुनेमा साइकलयात्री, कावासोती–१० का धन बहादुर थापा र मोटरसाइकल चालक कावासोती–१४ का वीरेन्द्रराज थनेत छन् । घाइते दुबै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News