टेलिकमले ल्यायाे शिवरात्रिमा यस्ताे अफर


 


काठमाडाैं, फागुन १२

नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ ।  अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्