सुनको मूल्य निरन्तर बढ्दै
काठमाडौं, माघ ४ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
सुन आज पनि तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि अघिल्लो दिनको तुलनामा एक हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक हजार ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार












