हरिनास गाउँपालिकाले मदिरालाई ब्रान्डिङ गर्दै



हेटौडा, माघ ६ । स्याङ्जाको हरिनास गाउँपालिकाले स्थानीय मदिराजन्य पेय पदार्थको ब्रान्डिङ गर्ने भएको छ ।

पालिकाले स्थानीय मदिराजन्य पेय पदार्थको ब्रान्डिङ गर्ने ऐन २०८१ समेत बनाएको छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थानीयस्तरमा उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्न ऐन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताए । यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्