सुनको मूल्य आज पनि घट्यो



काठमाडौं, माघ ७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ ।

चाँदी आज पनि प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा नै कारोकार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्