उपविजेता खो खो टोली स्वदेश फर्कियो
काठमाडौँ, ७ माघ। पहिलो खो खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली सोमबार स्वदेश फर्किएको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रङ्गशालामा आइतबार सम्पन्न फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएको थियो ।
फाइनलमा पुरुष टोलीले ५४–३६ को हार खेपेको थियो । महिला टोली भारतसँग ७८–४० ले पराजित भएको थियो ।
उपविजेता बनेपनि नेपाली खेलकुदका लागि खो खो टोलीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धि हो । टोलीलाई सोमबार त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको थियो ।
प्रकाशित मिति: ७ माघ २०८१, सोमबार
















