सुनको मूल्य आज फेरि बढ्यो

काठमाडौं, माघ ८ । नेपाली बजारमा सोमबार सामान्य घटेको सुनको मूल्य आज फेरि बढेको छ ।
सुन आज तोलामा एक हजार एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन सोमबार अघिल्लो तुलनामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य आज भने बढेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार