कोइराला र भण्डारीलाई सँगै राखेर प्रचण्डले भने – यो सरकार धेरै टिक्दैन


 


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार छिटै ढल्ने दाबी गरेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा कांग्रेस नेता चन्द्र भण्डारी र शेखर कोइरालालाई सँगै राखेर अध्यक्ष प्रचण्डले सो दाबी गरेका हुन् ।

माओवादीको प्रथामिता सरकारमा नभएको भन्दै उनले ओली नेतृत्वको सरकार पनि धेरै नटिक्ने दाबी गरे ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताए । प्रचण्डले सरकार गिराउने र सत्तामा जाने खेलमा भने नलागेको जिकिर गरे ।

उनले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे ।

उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै उनले ओली सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम भइरहेको आरोप लगाए।

सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाई थियो ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्