नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै


 


काठमाडौं, माघ ९ । मलेसियामा जारी महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार अपराह्न सवा १२ बजे शुरु हुनेछ ।

समूह डी मा रहेको नेपालले यसअघि खेलेका दुबै खेलमा पराजय भोगेको छ भने सुपर सिक्समा पुग्ने सम्भावना झिनो छ । अर्कोतर्फ, अस्ट्रेलियाले आफ्नो दुबै खेलमा जित निकाल्दै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताको मुख्य दाबेदार मानिएको अस्ट्रेलियालाई पराजित गर्न सक्ने हो भने मात्र नेपालले सुपर सिक्समा पुग्ने सम्भावना ब्यूँतिन सक्छ ।

आजको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दाबेदार अस्ट्रेलियालाई चुनौती दिने प्रयास गर्नेछ ।

पूजा महतोको कप्तानीमा रहेको टोलीमा उपकप्तान सोनी पाख्रिन, साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्।

नेपाल समुह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग छ । समूह चरणको खेलमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग पराजय बेहोरेको थियो ।

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्