सत्तारुढ दल कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
माघ १३ गते दिउँसो २ बजे बस्ने गरी कांग्रेसले बैठक आह्वान गरेको हो ।
बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्नेछ ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने बताइएको छ।
संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार