सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, माघ १४ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १४ माघ २०८१, सोमबार












