प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्।
बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।
यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
संसद सुरु हुनुअघि ल्याइएका अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गर्ने तयारीमा सरकार छ ।
प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार
















