वर्तमान सरकार गफमा अगाडि छ, परिणाममा पछाडि : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताएका छन् ।

समाजवादी मोर्चाको विचारसभामा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले ०८४ सालको चुनावमा विकल्प खोज्ने समेत बताए।

अध्यक्ष नेपालले भने,‘सरकारको कामबाट जनता निराश छन् । सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ । ०८४ को चुनावमा जनताले विकल्प खोजेका छन् । सरकारले जनताको विश्वास जगाउन सकेको छैन ? विवेचना गर्न आवश्यक छ।’

उनले जनता समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका भएकाले उपेन्द्र यादव मोर्चामा आउन नसकेको बताए ।

उनले समाजवादी मोर्चालाई सशक्त रुपमा अघि बढाउनु पर्ने बताए ।

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्