भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताएका छन् ।

काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो श्रीमती राधिका शाक्यको नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए।

देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्